बर्सिरहन्छ आँसु, तिमी यो नयनमा बसेर
ठुलो पाप गरेछु तिम्रो कठोर मनमा बसेर॥
बहादुरी के हो, आँट के हो नसिकाउ मलाई
तिम्रो विवाह हेरेको हुँ, तिम्रै आँगनमा बसेर ॥
बाडुल्कीसम्म लाग्न छाड्यो, पागल प्रेमीलाई
सम्झन पनि भ्याइनछौ, ठुलो भवनमा बसेर॥
तिम्रै नाम जपेर बस्दो रहेछु म हरबखत प्रिय
कहिलेसम्म बाँचौला, यस्तो पागलपनमा बसेर॥
आत्माले शान्ती पाउन सक्छ, आइदिनु घाटसम्म
कुरिरहन्छु तिम्रो आगमनलाई, म कफनमा बसेर॥
✍️
सुधाकर दाहाल
कोरिया
if the data has not been changed, no new rows will appear.
Day | Followers | Gain | % Gain |
---|---|---|---|
December 04, 2023 | 385 | -28 | -6.8% |