लेखक हु लेखेको शब्द त पूरा गर्छु झन तिमी त सास हौ मेरो, हुन्छ मात्रै भन मेरो नाम पछीको नाम तिम्रो नाम गरिदिने छु😚
शीर्षक : चुरोट
म बताउछु सुन चुरोटको स्वाद कस्तो हुन्छ
न गुलियो हुन्छ न तितो हुन्छ बस् आरामदायी हुन्छ
खानु हुन्न तान्नु हुन्न थियो मलाइ मजाले याद छ
के गर्नु अब छुट्दैन होला सायदै लत लाग्या छ
म धोका खाएर चुरोटे भए कतिले सोचेको होला
गलत सोच्यौ यार अलि बुझेर बोल्दा हुन्छ होला
म आफैले हारेदेखी यहीँ एउटा सहयात्री पाएको छु
बरु यसरी बुझ कलियुगले नै खान सिकाएको होला
शीर्षक : सक्छौ भने आउ
मेरि आमाको उध्रेको चोली अनि
बा को फुटेको गोडामा मलम पट्टि गर्नु छ
त्यसको तिमी पनि सहयात्री बन्छौ भने आउ माया
यो मेरो जिन्दगी सायद केवल तिम्रै लागि खाली छ
तिम्रो शहरमा जस्तो पिज्जा र बर्गर पाइदैन मेरो गाउमा
यदि सिस्नु र दिडोको स्वादमा रमाउन सक्छौ भने आउ
तिम्रो शहरमा त बिहानै सबेरै कोल्ड ड्रीन्क आउछ अरे पलङमा
मेरो गाउमा सातुको घोलमा रमाउनु पर्छ सक्छौ भने आउ
पहरा तेक्दा छहरा भासिन सक्छ समालिन सक्छौ भने आउ
ठुला खुसी मिल्दैन्न मेरा घरमा यदि दुख सुख रमाउन सक्छौ भने आउ
ठुला गाडी हुदैन्न मेरा घरमा यदि कुटो कोदालोमा रमाउछौ भने आउ
धलान गरेका घर छैनन् गाउमा यदि लिप पोत गर्न सक्छौ भने आउ
तिम्रो शहरमा जस्तो चिल्ला गाडी र बङ्गाला छैनन् मेरो गाउमा
यदि दुख सुख यहि पहरा छहरामा रमाउन सक्छौ भने आउ
सुनेको छु हरेकको प्रेम कहानी सफल हुदैन अरे
त्यसैले भन्छु सिंदुर बिना पनि प्रेम गर्न सक्छौ भने आउ
आउलिउ तिमि तर अबेला हुनेछ
भेट्नै खोजे नि तिम्रो लागि झमेला हुनेछ ,
तस्बिर हेरि गुजारा गर्नुपर्छ त्यतिबेला तिमिले
यादगर आखाभरि मेरो नाउको आसुको भेला हुनेछ