१)राम्रोमा नराम्रो,नराम्रोमा राम्रो बिद्यमान हुन्छ ।
२)गति र रुपान्तरण नित्य छ,अन्य वस्तु अनित्य छन अर्थात अनित्य मात्रै नित्य छ ।
३)पदार्थ र चेतना अन्तर्संबन्धित छ,चेतनाको अस्तित्व पदार्थमाथि निर्भर छ।
४)हामीमा बिद्यमान चेतना आफू रहेको बस्तुगत परिस्थितिमा निर्भर छ ।
५)मन भन्नू र आत्मन् भन्नू एकै हो ।
६)मृत्युका भयका कारण पारलौकिक सुखको अन्तर्निहित चाहनाको परिणामस्वरूप आत्मा र परमात्माको कल्पना मानिसले गर्यो होला ।
७)भयग्रस्त मानिसको कमजोरीमा शासकबर्गको सत्तालाई मजबुत बनाउने आधार तयार थियो त्यही जगमा उभिएर सत्ताले शोषणकारी धार्मिक बिधान तयार गर्यो अनि सत्ताका चाकर पुरोहितबर्गले धार्मिक भ्रमको ब्यापार वृद्धि गर्यो ।
८)मरणोपरान्तको सुखको अपेक्षा गरेर स्वर्गको भ्रम पाल्नु जरुरी छैन।।
९)लौकिक सुखको निम्ति गरिने प्रयत्न छोडेर अलौकिक सुख बारे बहस गर्नु, चिन्तन गर्नु मुर्खता सिवाय केही होइन ।
१०)जीवन र जगतबारे जानकारी हासिल गर्न सकिन्छ तर पुर्ण रुपेण होइन।ज्ञान पनि गतिशीलतामा रहन्छ साथै सापेक्ष हुन्छ ।
११)दर्शनको प्रयोजन बौद्धिक विलास गरेर समय बिताउनु होइन मार्क्सले भनेझै दुनियाँ बदल्नु हो ।
१२)दर्शन,बिचारधारा,सिद्धान्त वा बिज्ञान कुनै देशको सिमा भित्र बन्दी हुदैन बरु मानिसहरूका चेतनालाई प्रज्वलित गर्दै संसार बिचरण गर्ने चरीत्रको हुन्छ।
१४)आज सम्म मानवजातिले आर्जन गरेको ज्ञान सबै मानवजातिका साझा निधि हुन ।
१५)मानिसहरूको समूहले बिश्व परिभ्रमण मात्रै गर्दै आइरहेको छैन।ज्ञान,बुद्धि वा चेतनाको साथै हतियार समेतको बलमा एउटा सभ्यताले अर्को सभ्यता माथी हावी हुन पनि प्रयत्नशील रहदै आएको छ।