जस्को स्वास हुदैन धड्कन हुदैन्
त्यो ढुङ्गा हो त्यसको मन हुहुदैन्।।
यात्रुहरूको दिल खुल्ला सड्क हो
जहाँ बन्द हुदैन आन्दोलन हुदैन ।।
त्यो ढुङ्गा हो त्यसको मन हुदैन
एेना जस्तो नबनाउनु तिम्रो चेहेरा ।।
फुटन सक्छ झरेपछि जतन हुदैन
त्यो ढुङ्गा हो त्यसको मन हुदैन ।।
लाग्छ जीन्दगी एउटा नाटक हो
तर कुनै रङ्गमञ्चमा मञ्चन हुदैन ।।
जस्को स्वास हुदैन धड्कन हुदैन
त्यो ढुङ्गा हो त्यसको मन हुदैन ।।
किन हो अचेल उदास उदास लाग्छ।
आफ्नै महान विचार बदमाश लाग्छ।।
कुहिनूर गुमाउनु को पीडा छ म संग।
सुन्दर गुलाब पनि किन पलाश लाग्छ।।
पिडाको सागरमा रुमली रहेछु म।
आछन यादका सुस्केरा हतास लाग्छ।।
पक्कै उपस्थिती बिना त्यो ठाउँ ।
मलाई शून्य लाग्छ अनि प्रवास लाग्छ।।
लजाएर मुहार छोपेको याद गर ।
त्यो पल किन हो खै अट्टहास लाग्छ।।
ए फुल आहा तिम्रो त्यो कलिलो जवानी।
तिम्रो अगाडि फुलको थुँगा खास लाग्छ।
# युवराज अधिकारी
अघि बढन लाग्दा अाफ्नाले गरेकाे खिचाई सम्झिए😥
गरिब हाे भन्दै छिमेकि ले गरेकाे मिचाइ सम्झिए
अाज तिम्रो अागनकाे दुबाे माैलाएकाे देख्दा🍀
धेरै अघि अाफैले गरेकाे अासु काे सिचाइ सम्झिए💧
#कुकुर काे त दिन अाउछ भन्छन😊
गजल
अलि अलि पढेकाले हलो बिर्सिए
अलि धेरै पढेकाले थलो बिर्सिए ।
मिल तिरै पिस्छन हराए, ढिकी जातो
धान कोदो चुटने यहाँ खलो बिर्सिए ।
भत्किए खरको छानो,बने कैयौ विल्डिङ
पिल्लर बिममा रमाएर बलो बिर्सिए ।
असत्यको हावी भो विलाए,सत्यहरु
स्वार्थी भए सारा लोक भलो बिर्सिए ।
गहिरो निद सुतेछु भने जगाई दिनु है
शोषक मास्न जानुछ आमा बिदाई
दिनु है
देशका जाली फटाहासँग लड्नु छ डटेर
गाउँका सबै साहाशि युवा पठाई दिनुहै
लुटेर खाने को को हुन् हाम्रो देशका दुश्मन
आउने नयाँ सन्ततिलाई चिनाई दिनु है
दुश्मनसँग संघर्ष यहाँ गरिन्छकसरी
कुशल एक शिक्षिका बनि सिकाईदिनुहै
खै बा बा भनी सोधेछन भने यी साना नानीले
झिकेर यही तस्वीर मेरो देखाई दिनु है
😍....बा...😍
समयको भित्तामा छर्लङ्ग देखिने एउटा पुरुष आवरण धमिलो देखिन्छ अचेल ,
क्षितिज पारि देखिएका वैजनी रंगका प्रभाती किरणहरु जुरुक्क बोकेर ल्याउनु छ मेरो बस्तीमा र छुट्ट्याउनु छ केही अवैधानिक पात्रहरू ,
..... जसले आँखाको आलीमै बाधेकाछ्न विश्वासका काला पट्टिहरु,
शंकाको अङ्कुशेमा झुन्डिएर बजेकाछ्न चरित्रका घण्टीहरु ...अनि चुडिएका छन् नैतिकताको पोयाले बाटेका भरोसाका डोरीहरु.....
-----निरीह छन किताब बोकेका कलिला जामाहरु अक्षर ओढेर अहंकार भिरेका कोट-पाइन्टहरु बाट .....
कमजोर छन सृष्टि हँसाउने दुधे ओठहरु,
जो निचोरिन्छ्न घरमै ताते गर्दै डोहोर्याउने बलिया हातहरुबाट
...अनि रंगिन्छ्न आला रगतहरु टेकेर ,
--- नारीहरु नाजुक बनिरहेका छन
आमाहरू आहत भइरहेका छन्
ती पुरूषार्थी शैतानी भावनाहरु सङ्ग ...
----: यी बा बनेका बाहरु
किन बा जस्ता देखिदैनन बा ?
यी
- युवराज अधिकारी
हिलिहाङ्ग पाँचथर
हाल - प्रबाशबाट