Kapil Aryal on Clubhouse

Updated: Nov 12, 2023
Kapil Aryal Clubhouse
2 Followers
4 Following
Jun 7, 2021 Registered
@karyl13 Username

Bio

सबैलाई आकाशमा उडान भर्ने हौसला मिलोस् 🙏🙂

कसम खाउँ हातले, घांटी छोएर विद्याको ।
ज्युनें हजार सपना, बताउँ किन सिद्दाको ?

मनले चाहे जसरि, समय साथि हुदैन ।
आरोप लाए जसरि, दुख नजाती हुदैन ।।

घाउ त दिन्छ घाउको, मलम खोज्न लाउँछ ।
धैर्य नराख्ने पात्रलाई, हो! मात्र उ सताउँछ ।।

म मर्म नबुझ्ने थिएँ, थिएँ सम्बेदना हिन ।
साना कुरामा घमण्ड, गरेर बित्थे रात् दिन ।।

र सम्झ तिमि आएर, काँधमा हात लाएर ।
बाँच्नु भन्दा बचाउनु, गरेकी थियौ जाहेर ।।

अध्याँरो मेरो चिर्ने ति, आखाँमा सुर्य पाउँथे ।
तिनै हेरेर हर सास, लिने उर्जा जगाउँथे ।।

आज देख्दैछु कुहिरो, घामझैं रुप रंगमा ।
जति नजर लाउँछु, उति पर्छु झसङ्गमा ।।

त्यो मान्छे मैले चिनेको, यो मान्छे अर्कै भिन्न छ।
म देख्दा झुटो मुस्कायौ, अवश्य मन खिन्न छ ।।

कारणहरु खोजेर, खोतल्दै दुखी पार्दिन ।
तर मलिन मुहार, अहं! कत्ति स्विकार्दिन ।।

चोटका दाग छन् होला, भन्दिन पुर्न सक्छु म ।
तिमि आफैले नखोल्दा, सम्म चै कुर्न सक्छु म ।।

म पनि यति बाँचेर, बुझेको कुरा एक हो ।
सोच र दृष्टि के राख्ने ?, आफ्नो आफ्नो विवेक हो ।।

भाँडोलाई खाली देख्छौ कि, कि भन्छौ हावा भरि छ ?
कसरि भोग्ने जिन्दगी ?, विकल्प दुइ थरि छ ।।

यत्ति हो बन्धन ठानें, पिंजडा भित्र परिन्छ ।
हात फिजाएँ हावामा, आकाशमा उडान गरिन्छ ।।

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
November 12, 2023 2 0 0.0%
July 31, 2022 2 +1 +100.0%
June 24, 2022 1 -1 -50.0%

Member of

More Clubhouse users