शान्त चित्त, सिर्जनात्मक सोच, रमाइलो मान्छे । 🙏
#Musiclover #Ex_journalist #LoveNepal🇳🇵
शुन्य केवल शुन्य
जिवन शुन्य हुन्थो त गजब हुन्थ्यो
न खुशी हुन्थ्यो , न पिडा
हो जिवन शुन्य नै ठिक छ
न कोही आएकोमा खुशी
न कोही गएकोमा दुःख
निराकार आकाश झै
अनी त्यो अथाह सागर झै
चाहे आँधी आओस
या अविरल बर्षातको बाढी
न त खडेरीले सुकाउँछ
न त कुनै प्रकोपले मेटाउन सक्छ
शुन्यको आफैमा कुनै अर्थ छैन
तर शुन्य अथाह छ
हरचिज समान छ
अनी हरचिज समाहित हुन सक्छ
हो म शुन्य हुँ
न मलाई जोडेर बढाउन सकिन्छ
चाहे भाग लगाउ
या त गुणन गर
मेरो अस्तित्व केवल शुन्य नै हो
तिमी आफैमा कुनै अंक होलाउ
हो तिमि बलवान् छौ, माने मैले
म शुन्य छु भनेर नहेप मलाई
किनकी तिम्रो हेपाई नी मेरो लागी शुन्य नै हो
शुन्य लाई केवल शुन्य नठान
म शुन्य आफैमा पुर्ण छु
तर तिमि अंक भएर पनी म बिना अपुर्ण छौ
सक्छौ भने म बिना पुर्ण भएर देखाउ
तिमी अर्थ लिएर बाँचेको छौ
मेरो कुनै अर्थै छैन, तर पनी
तिमि त मलाई पछाडी नझुण्ड्याई बस्नै सक्दैनौ ।
हो म शुन्य हुँ
त्यसैले त मलाई सबथोक समान छ
मलाई कुनै पदको लालच छैन
अनी कुर्सीको मोहले सताउँदैन
न मलाई भोक लाग्छ
न शोक लाग्छ
मलाई न त मायाँले सताउँछ
न त यौवनले मताउँछ
न त रोगले बिरामी नै पार्न सक्छ
मेरो अस्तित्व मेटाउन
चाहे गोली बारुद हुन
कुनै मिसाईल होस् या त एटम् बम्
मलाई सिध्याउने त के
मलाई हल्लाउन समेत सक्दैन
मलाई न त दुःखले पिरोल्छ
न खुशीमा गदगद नै हुन्छु
म आदि हुँ, अन्तय हुँ
म प्रकृति हुँ
म मन हुँ
म धन हुँ
म नै मायाँ हुँ
म नै सत्य हुँ
म खुशी हुँ
म रोदन हुँ
म आफैँमा सिंगो संसार हुँ
म अविनाशी छु
किनकि, म शुन्य हुँ ।
Invited by: kishorraj dhungel
if the data has not been changed, no new rows will appear.
Day | Followers | Gain | % Gain |
---|---|---|---|
May 27, 2024 | 101 | 0 | 0.0% |
July 06, 2023 | 101 | -8 | -7.4% |
January 31, 2023 | 109 | -3 | -2.7% |
September 30, 2022 | 112 | -1 | -0.9% |
August 09, 2022 | 113 | -2 | -1.8% |
July 03, 2022 | 115 | -4 | -3.4% |
May 27, 2022 | 119 | +1 | +0.9% |
April 19, 2022 | 118 | +11 | +10.3% |
March 11, 2022 | 107 | +5 | +5.0% |
January 13, 2022 | 102 | +20 | +24.4% |