बसन्त_महर्जन . on Clubhouse

Updated: Sep 2, 2023
बसन्त_महर्जन . Clubhouse
418 Followers
427 Following
@basantamaharjan Username

Bio

इतिहास, संस्कृति, पुरातत्व, पर्यटन तथा बाैद्ध धर्म-दर्शनका अध्येता एवं लेखक
-----------------------------------------
बसन्त महर्जन (जन्म इ. सं. १९७२, कीर्तिपुर) मूलतः अन्वेषक तथा लेखक हुन् । इतिहास, संस्कृति तथा पुरातत्त्व क्षेत्रकाे अध्ययन अनुसन्धान र लेखनमा सक्रीय उनी बाैद्ध इतिहास र दर्शनमा विशेष रूची राख्छन् ।

साना ठुला गरी उनका २००० भन्दा बढी लेख र  पुस्तकहरू प्रकाशित छन् । बाैद्ध अध्ययनबाहेक साहित्य, संस्कृति, इतिहास, पुरातत्त्व, पर्यटनलगायत विषय क्षेत्रकाे अध्ययन अनुसन्धानमा पनि उत्तिकै सक्रीय उनका लेखहरू विभिन्न प्रतिष्ठित पत्रपत्रिका, म्यागेजिन, जर्नल तथा अनलाइन प्रकाशनहरूमा नियमित प्रकाशित हुँदै अाएका छन् । 

त्रिभुवन विश्वविद्यालयबाट बाैद्ध अध्ययन (स्नातकाेत्तर) मा ‘गाेल्ड मेडलिष्ट‘ उनी नेपाली इतिहास, संस्कृति तथा पुरातत्व मा पनि स्नातकाेत्तर हुन् । विश्वविद्यालयकै नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) मा पनि केही समय आवद्ध रहिसकेका छन् ।

लुम्बिनी बाैद्ध विश्वविद्यालयकाे सम्बन्धन प्राप्त लाेटस एकेडेमिक कलेजमा उनी वि.सं. २०७२ देखि प्राध्यापन गर्दै अाइरहेका छन् । यसका साथै, विभिन्न प्राज्ञिक क्षेत्रमा प्रवचन, कार्यपत्र प्रस्तुति र विषयगत क्षेत्रमा परामर्श सेवा पनि दिने गरेका छन् । प्रतिष्ठित पत्रपत्रिका, रेडियाे, टेलिभिजनहरूमा उनका अन्तर्वार्ताहरू प्रकाशन तथा प्रसारण हु्ँदै अाएका छन् । 

आफ्नाे विषयवस्तुकाे अध्ययनअनुसन्धान तथा सामग्री संकलनका लागि उनी प्रायः यात्रा गरिरहेका हुन्छन् । यस क्रममा उनले काठमाडाै उपत्यकाभित्र र बाहिरका विभिन्न ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्वका स्थलहरूकाे यात्रा गरिसकेका छन् । यसअनुसार उनी एक अन्वेषक यात्री र पर्यटन लेखक पनि हुन् । अन्वेषण र लेखनकाे याे क्रम यथावत् छ । बहुआयामिक दृष्टिकाेणसहितकाे यात्रा र लेखनकाे संयाेजनका कारण यी कृयाकलापहरूलाई व्यक्तिगत स्तरमा हेर्नु मनासिव हुँदैन ।

अर्काे पक्ष हाे, फाेटाेग्राफी । साहित्य र पत्रकारिता पृष्ठभूमि रहेका उनका फाेटाेग्राफीहरू ऐतिहासिक तथा साँस्कृतिक स्थल, जनजीवनमा ‘फाेकस’ हुन्छ । आफ्नाे विषय क्षेत्रमा केन्द्रित उनी समग्रमा भन्नुपर्दा अभिलेखीकरण, अन्वेषण र लेखनमा सक्रीय छन् । संस्कृति क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उनी प्रादेशिक प्रतिभा पुरस्कारबाट २०७६ सालमा पुरस्कृत हुन्।

प्रकाशित पुस्तकहरू
१. लुम्बिनी : ऐतिहासिक तथा पुरातात्विक अध्ययन (2005)
२. गौतम बुद्ध (2010)
३. बुद्धको आत्मकथा (2010)
४. गन्तव्य लुम्बिनी (2012)
५. बुद्ध र महिला (2014)
६. बुद्ध एक भ्रम अनेक (2014)
७. खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन (2016)
८. उत्तरी नेपालमा बौद्ध धर्म (2019)
९. बुद्ध र मानव अधिकार (2019)
१०. बौद्ध दर्शन सहज चिन्तन (2021)
११. बुद्ध विमर्श (2021)

www.basantamaharjan.com.np

Last 10 Records

if the data has not been changed, no new rows will appear.

Day Followers Gain % Gain
September 02, 2023 418 +19 +4.8%
September 30, 2022 399 +40 +11.2%
August 09, 2022 359 +14 +4.1%
July 03, 2022 345 +3 +0.9%
May 27, 2022 342 -1 -0.3%
April 19, 2022 343 +20 +6.2%
March 12, 2022 323 +52 +19.2%
January 13, 2022 271 +24 +9.8%
December 07, 2021 247 +55 +28.7%

Charts

Member of

More Clubhouse users