सामाजिक संजाल हो भन्दैमा असभ्य नबन्नु मित्र यहाँ तिम्रो आवाज बिकेको छ । तिम्रो फोटाे तिम्रो घर हेरेर होइन यहाँ तिम्रो बोलीचालीको आधारमा मित्रता गासीन्छ ।
जिन्दगीमा मुस्कान नै सबै शत्रुलाई लडाउने बलियो हतियार हो, रिस गर्नेलाइ गर्न देउ तर मुस्कुराउन नछोड अक्सर सफल ब्यक्तिका नै शत्रु धेरै हुन्छन् ।
कसैको मनमा बस्नु पनि सरणार्थी जीवन भन्दा कम हुदो रहेनछ हजुर कति खेर निकालेर फाल्ने हो मनबाट पत्तै नहुने ।
यदि तिमी हुदा हुदै तिमिले माया गरेको मान्छेले अरु कोहि सङग सम्बन्ध जोडछ भने उसलाई तिमी बाट पर अरु सङ्ग जान देउ । अक्सर मान्छे पहिलो प्रेम बाट खुशी नभएरनै दोस्रो प्रेमको खोजीमा निस्किने गर्छन् ।
हजुर लाई रिस म सङ्ग उठेको गुनासो मसङ्ग हो तसर्थ म सङ्ग पोख्नु मनका गुनासा अनि रिस मेरो बाबू आमा को नाम लिएर नबोल्नु यो मेरो चेतावनी हो हजुरलाई। म चुप छु यस्को मतलब यो ननिकाल्नुहोस कि म डराएको, यो कदापी हुनेछैन याद राख्नुहोस तुफान आउन भन्दा पहिले समुद्र पनि सान्त नै हुन्छ ।
घरीघरी आउछ बचन को तीखो प्रहार आउँछ
मलाइ कुट्ने मार्ने धम्की बारम्बार आउँछ
सामाजिक सन्जालमा गासिएका नाताहरुबाट पनि सहजै
सुरुमा प्यार आउछ अनि खबरदार आउँछ
तेरा दाजुभाइ येस्ता तेरा दिदिबहिनी येस्ता भन्दै
पराइबाट नै मिनेट मिनेटमा समाचार आउछ
यी मनहरुका परिभाषा पनि बुझी नसक्ने रहेछ
बेवास्ता गर्दा पनि नचाइने मेसेज सदाबार आउछ