NAMO BUDDHA on Clubhouse

NAMO BUDDHA Clubhouse
478 Members
Updated: Apr 19, 2024

Description

बुद्ध नेपालमा जन्मेको भन्न हामी सबैलाई मनपर्छ । कोही वल्ड रेकर्ड बनाउछन, कोही टिभी कार्यक्रम बनाउछन, कोही फिल्म बनाउछन अनि कोही टिसर्ट लगाउछन । तर नेपालका कति प्रतिशत जनताले बुद्धधर्म अँगालेका छन भनेर सोध्यो भने हामी नेपालीहरु लाजले भुतुक्कै हुनुपर्ने अबस्था छ ।

बुद्धधम्मको प्रकृति ।
बौद्धहरुको जनसंख्या किन कम भनेर सोच्नुभन्दा अगाडी यो बुझ्नुपर्छ कि बुद्धधम्म भनेको यस क्षेत्रमा, अझ संसारभरी नै चलेको धर्महरु भन्दा फरक धर्म हो । यस्तो फरक किन छ भने बुद्धधर्मले कुनै ईश्वरिय शक्तिलाई मानेको छैन । हामीले दुई हात जोडेर पुकार गर्दैमा कुनै स्वर्गबाट झरेर वा कतै बसेर तथास्तु भनेर हाम्रो समस्या समाधान गरिदिने वा भाकल पूरा गरिदिने तत्व यसमा छैन ।
🙏🙏🙏

Charts

Some Club Members

More Clubs