PYSN on Clubhouse

PYSN Clubhouse
14 Members
Updated: Mar 20, 2024

Description

एउटा व्यक्ति, परिवार, समाज, राष्ट्र अनि सिंगोे विश्वको भविष्य निर्धारण गर्ने मुख्य आधार भनेकै युवाशक्ति हो । उद्यमशीलता नभई कुनै पनि समाज र राष्ट्रको उन्नति संभव छैन । तसर्थ देशमा उपलब्ध बौद्धिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरुको बारेमा पहिले अनुसन्धान गर्ने, त्यसबाट प्राप्त उपलब्धिलाई उद्यमशीलतामा लगाउँदै आफ्नो व्यक्तित्व विकास गर्न युवाशक्तिलाई अभिप्रेरित गर्ने नीति यो संस्थाको हुनेछ । यसका साथै कला, साहित्य, मनोरञ्जन, खेलकुद जस्ता रचनात्मक क्रियाकलापमा युवाहरुको सहभागिता अति नै आवश्यक छ । यिनै मार्गदर्शक सिद्धान्तहरुलाई हृदयंगम गर्दै अनि वैज्ञानिक सत्ययुग निर्माणको महानतम लक्ष्यप्राप्तिका लागि विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्ध जस्ता आधारशिलाबाट निर्देशित हुँर्दैै भविष्यमा हाम्रो समाज र सिंगो राष्ट्रकै जिम्मेवार नागरिक तयार गर्ने पवित्र मनशायले प्रगतिवादी युवा समाज नेपाल दर्ता भएको हो ।
प्रगतिवादी युवा समाज नेपाल जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मिति २०७४ फागुन १४ गते दर्ता भएको –दर्ता नं. ५७९) गैरनाफामुलक संस्था हो । यो संस्थाले समाज कल्याण परिषद्बाट २०७५ फागुन १५ गते (आवद्धता नं. ४७३६४) प्राप्त गरेको हो ।
📝 यो संस्था जनहितकारी मुनाफारहित सामाजिक संस्था हो ।
📝 नेपाली समाजमा युवाको अवस्थाबारे अनुसन्धान गर्ने गराउने ।
📝 युवाहरुको लागि उद्यमशीलता, व्यक्तित्व विकास एवं रोजगारीका विभिन्न परियोजनाहरुको योजना तथा सञ्चालन गर्ने गराउने ।
📝 स्थितिगत्यात्मक प्रगतिवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तका रुपमा अवलम्बन गरेर व्यत्तित्व विकासका अवसरहरु सृजना गरी सृहदयता अर्थतन्त्रको आधारशीला खडा गर्न गराउने ।
📝 विज्ञानको वुद्धि, प्रविधिको प्रगति धर्मको विवेक र सहृदयताको सम्बन्धलाई आधारशीला चतृष्टयको रुपमा अलम्बन गर्दै युवाहरुमा वैज्ञानिकतायुक्त धर्म एवं धार्मिकतायुक्त विज्ञानको मान्यता प्रवद्र्धन गर्नका लागि विभिन्न सामग्रीको उत्पादन, प्रकाशन,प्रशारण गर्ने गराउने ।
📝नेपाली मौलिक रैथाने धर्म संस्कृति, कला, परम्परा, रीतिथिति, शिल्प सीप,प्रविधि भाषा आदीको संरक्षण सम्वद्र्धन एवं प्रवद्र्धन गर्ने र गराउने आदी
🙏Facebook: @PragativaadiYouthSocietyNepal
Twitter: @pragativaadi

Last 30 Records

Day Members Gain % Gain
March 20, 2024 14 0 0.0%
January 29, 2024 14 0 0.0%
December 16, 2023 14 0 0.0%
November 06, 2023 14 0 0.0%
October 06, 2023 14 0 0.0%
September 07, 2023 14 0 0.0%
August 09, 2023 14 0 0.0%
July 08, 2023 14 0 0.0%
June 15, 2023 14 0 0.0%
March 15, 2023 14 0 0.0%
May 07, 2022 14 +1 +7.7%
March 11, 2022 13 +1 +8.4%

Charts

Some Club Members

More Clubs