नेपाल बेस्टि सङ्गठन on Clubhouse

नेपाल बेस्टि सङ्गठन Clubhouse
72 Members
Updated: Mar 19, 2024

Description

नेपाल बेस्टि सङ्गठन (ने. बि. सङ्ग)

आज पनि देश र संसारमा सधैँ झै आपत बिपत विद्यमान छन्। यो सँग लढ्न हाम्रो सबै भन्दा ठूलो अस्त्र भनेको हामी सङ्गठित हुनु हो। र आपत बिपतको समयमा सँगै सङ्घर्षरत रहन हामीले पहिले देखि नै कुनै न कुनै तवर बाट सङ्गठित हुने प्रयास गरि नै आएका छौँ। र त्यहि प्रयासहरुको श्रिङ्खला अघि बढाउन हामी हाम्रो नयाँ सङ्गठन, नेपाल बेस्टि सङ्गठन (ने बि सङ्ग) को प्रारम्भ भएको घोषणा गर्दछौँ।

नेपाल बेस्टि सङ्गठनको मूल उद्देश्य भनेको हाम्रा ओरिपरि रहेका सारा प्रगतिशील जमातका मान्छेलाई एउटै विचारधाराको छाता मुनि ल्याउने हो। जुन् सम्भवतः असम्भव छ। तै पनि यो असम्भव उद्देश्य लिएको कम्पनले हाम्रा कुल सांघठनिक प्रयासमा केहि फड्को मार्छ कि भन्ने आशायले यो संघठन अघि बढेको छ। हाम्रो संसार, इतिहास र भविष्य पहलाउने विश्वद्रिष्टिकोणको नाम प्रष्ट छ; मार्क्सवाद। र मार्क्सवादको समाजमा रहेको असपष्ट व्याख्यालाई स्पष्ट बनाउनु हाम्रो सबै भन्दा ठुलो चुनौति हुनेछ। र मार्क्सवाद सँगै हामी इन्टरसेक्सनालिटि, महिलावाद, अमबेड्कारवाद जस्ता प्रगतिशील विचारका पनि अनुयायी रहेका छौँ। यि विचारधारामा रहेका विरोधाभासलाई केलाएर यिनका प्रगतिशील पक्षलाई नअङ्गालि आजको युगको मार्क्सवाद अधुरो रहने आज समयको सन्देहलाई सम्बोधन गर्दै हामीले यि विचारहरुलाई अङ्गालेका छौँ।

नेपाल बेस्टि सङ्गठनको बेस्टि शब्दको व्युत्पत्ति भनेको अङ्ग्रेजीमा बेस्टफ्रेन्ड माने सबै भन्दा राम्रो साथी बाट भएको हो। यो शब्दले हाम्रो साङ्ठनिक प्रयासको दोहोरो चरित्रलाई स्पष्ट बनाउछ। यो संगठन को प्राथमिक विचार हाम्रो समाजिक, राजनितीक र आर्थिक सङ्घर्षलाई मार्क्सवादले केलाउने भएता पनि व्यक्तिगत र साङ्गठनिक भाषा र भाष्य भने २१औँ शताब्दिको इन्टरनेट युगको निस्सार र उत्तर विडम्बनावादि हास्यव्यङ्ग्यले प्रभावित पार्नेछ।

Last 30 Records

Day Members Gain % Gain
March 19, 2024 72 0 0.0%
January 29, 2024 72 0 0.0%
December 15, 2023 72 0 0.0%
November 05, 2023 72 0 0.0%
October 06, 2023 72 0 0.0%
September 06, 2023 72 0 0.0%
August 08, 2023 72 0 0.0%

Charts

Some Club Members

More Clubs